अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको: राष्ट्रपति जो वाइडन

2 years ago

अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको: राष्ट्रपति जो वाइडन

अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको अमेरिकी राष्ट्रपति जो वाइडनले बताएका छन् ।

अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई बुझाएको ओहदको प्रमाणपत्र बुझ्दै वाइडनले नेपालबारे बताएका हुन् ।

अमेरिकी राष्ट्रपतिले साँझ एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा अमेरिकास्थित नेपाली दूतावसले व्यक्त गर्नुभयो । 

ओहदाको प्रमाणपत्रसँगै खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाएका थिए । राजदूत खतिवडाले अमेरिकाले नेपाललाई गरेको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेका थिए ।