अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथामा मा ‘लाइफ इन एलए’ चलचित्र बन्दै

2 years ago

अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथामा मा ‘लाइफ इन एलए’ चलचित्र बन्दै

अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथामा चलचित्र ‘लाइफ इन एलए’ निर्माण गर्ने  घोषणा गरिएको छ ।  चलचित्रको निर्माण टिमले पोष्टर सार्वजनिक गर्दै चलचित्र बन्न लागेको जानकारी गराएको  छ ।

चलचित्रको अप्रिल पहिलो साताबाट  अमेरिकाको एलएबाट  छायांकन सुरु गरिने छ भने नेपालको पोखरामा पनि यो चलचित्र  छायांकन गरिने निर्माणपक्षले बताएको छ ।

वाश इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा अकेशा विष्ट, बास बिष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी, विशाल ढकालको मुख्य भूमिका रहनेछ । चलचित्रको निर्माता राजेन्द्र ठकुराठी  हुन  भने  कार्यकारी निर्माता संसार ए सुवेदी हुन् । 

चलचित्रलाई   सुदिप बरालले  छायांकन गरिने छ ।    चलचित्रमा श्रीकृष्ण बम मल्लको संगीत, उज्ज्वल ढकालको सम्पादन रहनेछ भने  चलचित्रको निर्देशक सूर्य एन श्रेष्ठ रहेका छन  ।