अमेरिकामा बाइडेनको सपथका बेला सशस्त्र प्रदर्शन हुनसक्ने एफबीआईको चेतावनी

2 years ago

अमेरिकामा बाइडेनको सपथका बेला सशस्त्र प्रदर्शन हुनसक्ने एफबीआईको चेतावनी

अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेशन ९एफबीआई०ले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको सपथको समयमा अमेरिकामा सशस्त्र प्रदर्शन हुनसक्ने चेतावनी दिएको छ ।

विभिन्न सशस्त्र समूहले अमेरिकाका ५० वटै राज्यका राजधानी र वासिङटन डीसीमा प्रदर्शनको तयारी गरिरहेको एफबीआईले उल्लेख गरेको छ ।

‘जनवरी १६ देखि ५० वटै राज्यमा सशस्त्र समूहले प्रदर्शन गर्ने योजना बनाएको सूचना प्राप्त भएको छ । संघीय राजधानीमा १७ देखि २० तारिखसम्म प्रदर्शन हुन सक्ने देखिएको छ’’, एफबीआईले आफ्नो बुलेटिनमा भनेको छ ।

२० जनवरीमा बाइडेनले सपथ लिने तय भएको छ । योसँगै राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा थप सुरक्षा चुनौति थपिएको छ ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालयले बाइडेनको सपथका लागि १५ हजार नेशनल गार्ड खटाउन स्वीकृति दिएको छ। अघिल्लो साता ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेका थिए ।

पछिल्लो अवस्थालाई मध्यनजर गर्दै १५ हजार नेशनल गार्ड खटाउने तयारी गरिएको पेन्टागनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।