अमेरिकामा उड्दै गरेको विमानको इन्जिनमा आगो

2 years ago

अमेरिकामा उड्दै गरेको विमानको इन्जिनमा आगो

अमेरिकाको कोलोराडोस्थित डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमा नै बोइङको ७७७–२०० मोडलको इन्जिनमा आगो लागेको छ ।

२३१ यात्रु बोकेको उक्त विमानमा १० जना क्रु सदस्यहरु रहेका थिए । इन्जिनमा आगो लागेसँगै विमानलाई पुनः सोही विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । तर घटनामा भने कोही पनि घाइते भएका छैनन् ।

विमानमा चढेका मानिसहरुले विमान उडेको केही समयमा नै ठूलो विष्फोट भएको उल्लेख गरेका छन् । अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए) ले उक्त विमानको दाहिनेतर्फको इन्जिन फेल भएको बताएको छ ।

विमानको इन्जिनमा आगो लागेसँगै पाइलटले ठूलो विष्फोट भएको सुनिएको बताएका थिए । उनले कुनै दुर्घटनामा भएको अवस्थामा पहिचान खुलोस् भनेर उनले आफ्नो पर्स खल्तीमा हालेका थिए ।

अनलाइनमा प्रकाशित तस्वीरमा विमानको इन्जिनमा आगो लागेको देखिन्छ । यो घटनापछि विमानका टुक्राहरु पनि खसेको भेटिएका छन् भने अधिकारीहरुले मानिसलाई यी टुक्राहरु नचलाउन आग्रह गरेका छन् ।