अमेरिकामा आप्रवासीलाई ९ महिना थप बसोवासको अनुमति

2 years ago

अमेरिकामा आप्रवासीलाई ९ महिना थप बसोवासको अनुमति

बुधबार अमेरिकाको सरकारले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई  ९ महिना थप बस्न पाउने अनुमति दिएको छ ।

अहिले अमेरिकामा  टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा मुद्दा  भहिरहेको छ । बुधबारको निर्णयसँगै अमेरिकामा रहेका एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिकहरुलाई थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिल्ने भएको छ ।

उनीहरुको अमेरिकामा बस्ने म्याद आगामी जनवरी ४ मा सकिँदै थियो । कानुनी रुपमा अब सन् २०२१ को अक्टोबरसम्म यी ६ मुलुकका नागरिकहरुले अमेरिकामा बसोबासको अनुमति पाउने भएको छ । टीपीएस कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १५ हजार नेपाली नागरिकहरु बसोबास गरिरहेका छन् ।

अमेरिकाको नयाँ निर्णयले टीपीएस कार्यक्रमका तीन लाखभन्दा धेरै नागरिकहरु लाभान्वित हुने बताइएको छ । अमेरिकामा यो कार्यक्रम सन् १९९० को दशकदेखि सुरु भएको हो । यो कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १० मुलुकका चार लाखभन्दा धेरै मानिसहरु छन् ।