अमेरिकाद्वारा म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध

2 years ago

अमेरिकाद्वारा म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध

अमेरिकाले म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

उनले हस्ताक्षर गरेको आदेश एक हप्ताभित्र कार्यान्वयन हुनेछ । अमेरिकी प्रतिबन्ध सैनिक नेता, उनीहरुका परिवार र सेनासँग सम्बद्ध व्यापार व्यवसायमा लागु हुनेछ । म्यानमारमा सेनाको ‘कू’ विरुद्ध आन्दोलन चर्किएसँगै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।

यसअघि अमेरिकी राष्ट्रपति बाइडनले पक्राउ परेका नेतालाई रिहा नगरे कडा कदम चाल्ने बताएका थिए ।