अमेरिकाको राष्ट्रपतिको छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप

2 years ago

अमेरिकाको राष्ट्रपतिको छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ ।

उनी माथि लागेको आरोपको डेलावेयर राज्यमा अनुसन्धान भईरहेको छ । उनले आफु निर्दोष रहेको र कानुनी ढंगले सही निर्णय आउनेमा  विश्वस्त रहेको बताएको छ । सन् २०२० को चुनाव अभियानमा हन्टर रिपब्लिकन पार्टीको निशानामा थिए । यो वर्षको सुरुवातमा जब डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलाइएको थियो ।

पिता उप–राष्ट्रपति हुँदा हन्टर बाइडेन एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा छानबिनको दायरामा आएको थिए ।