अमेरिकाको तीन स्थानमा गोली प्रहार हुदाँ ६ एशियाली महिलासहित ८ जनाको

2 years ago

अमेरिकाको तीन स्थानमा गोली प्रहार हुदाँ ६ एशियाली महिलासहित ८ जनाको

अमेरिकाको तीन स्थानमा भएको गोली प्रहारमा ६ जना एशियाली महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो । तीनवटै घटनाका संलग्न रहेको आशङ्कामा एक २१ वर्षीय पुरुषलाई गिरफ्तार गरिएको बीबीसीले जनाएको छ ।

 

गत साता राष्ट्रपति जो बाइडनले एशियाली अमेरिकीप्रति भएको आक्रमण, दुर्व्यवहार र आरोपको खण्डन गरेका थिए। तीनमध्ये पहिलो आक्रमण स्थानीय समयानुसार बेलुकी ५ बजे योङ् एशियन मसाज पार्लरमा भएको थियो।

प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना अस्पताल लगिएकोमध्ये दुई जनाको मृत्यु भएको बताएको छ। त्यहाँ मारिएकामध्ये दुई एशियाली महिला, एक श्वेत पुरुष र एक श्वेत महिला रहेको बताइएको छ।