अमेरिकाका कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीलाई ज्यान मार्ने धम्की

2 years ago

अमेरिकाका कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीलाई ज्यान मार्ने धम्की

अमेरिकाका कोरोनाभाइरसका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी आफूलाई ज्यान मार्ने धम्की आएको उनले बताएका छन् । अमेरिकामा कोरोनासँग जुध्नका लागि के–के गरिँदैछ भन्ने विषयमा सार्वजनिक रुपमा बताएकाले धम्की आएको फाउचीले बताएका छन् । उनले सीएनएनसँगको कुराकानीमा भने ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई यतिसम्मको तनाव दिइयो कि मैले आफ्नो लागि सुरक्षाकर्मी राख्नुपर्यो पनि । यो त आफैंमा अजिबको कुरा छ ।’

कोरोना महामारीका बेला डटेर लागेका डाक्टर एन्थोनी फाउचीले अत्यधिक पहिचान पाएका छन् । उनले थुप्रै पटक कोरोना नियन्त्रणको विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो असहमति जनाउने गरेका छन् ।