अमेरिकाको एटलान्टा स्पा सेन्टरमा भएका शृंखलावद्ध आक्रमणमा ८ जनाको मृत्यु

2 years ago

अमेरिकाको एटलान्टा स्पा सेन्टरमा भएका शृंखलावद्ध आक्रमणमा ८ जनाको मृत्यु

अमेरिकाको एटलान्टा राज्यमा मंगलबार राति तीन वटा स्पा सेन्टरमा भएका शृंखलावद्ध आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार मसाज पार्लर र स्पा सेन्टरमा आक्रमण हुँदा ६ एसियाली महिलासहित आठ जनाको मृत्यु भएको छ । चार जनाको मसाज पार्लर र चार जनाको स्पा सेन्टरमा मृत्यु भएको हो।

आक्रमणको आशंकामा प्रहरीले २१ वर्षीय एक युवालाई पक्राउ गरेको छ । घटनाबे थप अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।