अमेरिकाको अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार

2 years ago

अमेरिकाको अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार

अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार गरिएको छ ।

बीबीसीका अनुसार प्रहरीले गिरफ्तार गरिएको अधिकारी किम पोटरलाई अब गैरन्यायिक हत्याको मुद्दा चलाइने त्यहाँ अभियोजनकर्ताहरूले बताएको  छ ।

 
पोटरका अनुसार २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएका छन्। अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या “सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग” भएको आरोप लगाएका छन् ।

गत आइतवार मिनसोटाको ब्रुकलिन सेन्टरमा राइटलाई ट्राफिक नियम उल्लंघनको प्रहरीले आरोपमा  कारबाट बाहिर निकालेर हतकडी लगाउन खेरी बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको छ ।

राइटको हत्यापछि उक्त क्षेत्रका दुई वटा शहर मिनियापलिस र सेन्ट पलमाका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए भने रात्रिकालीन कर्फ्यु लगाएका थिए।