अमेजनमा १२ वर्षयताकै तीव्र वन विनाश

2 years ago

अमेजनमा १२ वर्षयताकै तीव्र वन विनाश

ब्राजिलमा अमेजनको वनजंगलको विनाश तीव्र गतिमा भइरहेको तथ्य बाहिर आएको छ । विश्वको जलवायु सन्तुलनका लागि महत्त्वपूर्ण मानिने ब्राजिलको अमेजन क्षेत्रलाई रेनफरेस्ट समेत भनिन्छ । यो वन विनाश पछिल्ला १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको बताइएको छ ।

अमेजन क्षेत्रमा करिब ३० लाख प्रकारका वनस्पति तथा जीवजन्तु पाइन्छन् भने दशलाख जनजातीय समुदायको बसोबास रहेको छ ।

पछिल्ला तथ्यांकअनुसार त्यहाँ अघिल्लो एक वर्षको तुलनामा ९।५ प्रतिशतले वन विनाश बढेको पाइएको छ । अन्तरिक्ष निकाय आईएनपीइले अमेजन रेनफरेस्टको विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको जनाएको छ ।

आइएनपीइले संकलन गरेका भूउपग्रहबाट खिँचिएका तस्बिरहरूबाट अगस्ट २०१९ र जुलाई २०२० को बीचमा मात्र करिब ११ हजार वर्ग किलोमिटर जंगल सखाप पारेको देखिएको छ ।

अमेजन वन क्षेत्र विश्वकै महत्त्वपूर्ण कार्बन भण्डारको रूपमा समेत रहेको छ । यसले विश्वव्यापी तापक्रम वृद्धिदरलाई कम गराउन ठूलो भूमिका खेल्छ । ब्राजिलमा सन् २०१९ को जनवरीमा जायर बोल्सोनारो राष्ट्रपति बनेपछि वन विनाश झनै तीव्र बनेको छ ।

बोल्सोनारोले विश्वकै सबभन्दा ठूलो जंगल क्षेत्रमा कृषि तथा खानीका क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्दै आएका छन् । विकासको वाचासहित राष्ट्रपतिमा निर्वाचित उनी खानी तथा कृषिको प्रबद्र्धनमा लागेका छन् ।