अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक ‘न्याय द जस्टिस’लाई रोक्न माग गर्दै

2 years ago

अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक ‘न्याय द जस्टिस’लाई रोक्न माग गर्दै

बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक ‘न्याय द जस्टिस’लाई रोक्न माग गर्दै दिल्ली हाई कोर्टमा उजुरी परेको छ ।

सुशान्तका पिताले यो उजुरी दिएका हुन् भने यो उजुरीमाथि सुनुवाई गर्दै दिल्ली हाई कोर्टले सूचना जारी गरेको छ ।जसमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीलाई पनि देखाइएको थियो ।

फिल्ममा सुशान्तको भूमिकाको नाम महेन्द्र छ र यो भूमिकाका लागि जुबेर के खानलाई कास्ट गरिएको छ । फिल्ममा रियालाई उर्वशी भनेर बोलाइएको छ । यो भूमिका श्रेया शुक्लाले निभाएकी हुन् ।

टिजरमा एक अभिनेताले आत्महत्या गर्ने र त्यसपछि कसरी जाँच एजेन्सीहरु यो जंजालमा फँस्छन् भन्ने देखाइएको छ । टिजरमा अमन वर्मा, असरानी र शक्ति कपूर देखाइएको छ ।

दिलीप गुलाटीको निर्देशनमा बनेको यो फिल्मलाई लिएर बलिउडमा निकै बहस भइरहेको छ । यो फिल्म बनाउन सुशान्तको परिवारबाट कुनै किसिमको अनुमति लिइएको छैन ।

निर्माताले सुशान्तको मुद्धा पब्लिक डोमेनमा रहेकाले उनको बारेमा फिल्म बनाउन कसैको अनुमति आवश्यक नपरेको दावी गरेका छन् । टिजर रिलिज भएपछि सुशान्तको परिवार निकै दुःखी रहेका छन् ।