अभिनेता अर्जुन रामपालको घरमा एनसीबीको छापा

2 years ago

अभिनेता अर्जुन रामपालको घरमा एनसीबीको छापा

ड्रग्स केसमा एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा मारेको छ । छापा गर्दा के भेटिएको भन्ने बारेमा केहि खुलाइएको छैन । तर भारतीय सञ्चारमाध्यमका अनुसार रामपालका ड्राइभरलाई हिरासतमा लिएर सोधपुछ जारी छ ।

बितेको महिना मात्र एनसीबीले उनकी श्रीमती ग्रबिएला डेमेट्रियड्सका भाई अगिसिलाओसलाई गिरफ्तार गरेको थियो । उनको घरमा चरेस र अल्प्राजोलम ट्याब्लेट पाइएको थियो ।