अन्य मुलुकको नागरिकहरुलाई जापान प्रवेशमा रोक

2 years ago

अन्य मुलुकको नागरिकहरुलाई जापान प्रवेशमा रोक

जापानमा कोरोना भाइरसको नयाँ प्रकारको भाइरस भेटिएसँगै अन्य देशको नागरिकहरुलाई प्रवेशमा  रोक लगाउने निर्णय गरिएको छ ।

जनवरीको अन्तिमसम्म कायम रहने गरी प्रतिबन्ध लगाइएको हो ।  अन्य मुलुकबाट आउनेले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने छ । शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेको छ ।

यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो । कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखिएको थियो । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि प्रतिबन्ध लगाइएको छ।