अन्तिम १६ मा वायर्नको प्रवेश

2 years ago

अन्तिम १६ मा वायर्नको प्रवेश

जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा वायर्नले आरबी शाल्जवर्गविरुद्ध ३–१ गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन रोवेर्टो लेवान्डोस्की, कंगिसो कोम्यान र लेरोइ सानेले एक–एक गोल गरे । उता, शाल्जवर्गका लागि मेल्गिम बेरिसले एक गोल फर्काए ।

खेलको ४२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको वायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । ५२ मिनेटमा कोम्यानले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । वायर्न ६६ औं मिनेटमा १० खेलाडीमा सिमित भयो । वायर्नका मार्क रोक रातो कार्ड खाँदै मैदान बाहिरिए ।

६८ औं मिनेटमा लिरो सानेले गोल गर्दै टिमलाई जिततर्फ अगाडि बढाए । ७३ औं मिनेटमा वारिसले पाहुना टोलीका लागि एक गोल फर्काए । जितसँगै वायर्न लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

लिगमा चार खेल खेलेको वायर्न १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित शाल्जवर्ग १ अंकसहित तालिकाको अन्तिममा छ । शाल्जवर्ग लिग चरणबाट बाहिरिएको छ ।