अगामी चैत्र १४ गते मोडल हन्ट नेपालको फाईनल हुदैँ

2 years ago

अगामी चैत्र १४ गते  मोडल हन्ट नेपालको फाईनल हुदैँ

अगामी चैत १४ गते प्रस्तुतिकरण, सहभागिता र चर्चा लगायत विभिन्न दृष्टिकोणबाट नेपालको नम्बर वान बन्न सफल लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’ को फाईनल हुने  भएको छ । 

प्रतियोगितामा ३५ युवा  र ३३ युवतीहरू भिड्दै छन् । मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवम् अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा बिभिन्न प्रशिक्षणसहित उनीहरुले अहिले आफुलाई निखार्दै रहेका छन् ।  

फाईनल काठमाडौंको सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा भव्य समारोहबीच आयोजना हुने छ ।प्रशिक्षणको क्रममा उनीहरुले फेसन सजगता, स्टाइलिङ, मेकअपको ज्ञान, सञ्चार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटो सुट लगायत बिषयमा पनि ज्ञान हासिल गरेका छन् । 

माल्भिका सुब्बा, थेन्डुप शेर्पा, सुवर्ण खड्का, सुजन श्रेष्ठ, लुजा मेकअप स्टुडियोले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् ।