हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्समा नारा-जुलुस

2 years ago

हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्समा नारा-जुलुस

हजारौं मानिसहरु प्रदर्शन गरेर फ्रान्सभरि एकजना इस्लामिक अतिवादीबाट हत्या गरिएका शिक्षक स्यामुअल पटीको समर्थन गरिएका छन् ।

मानिसहरूले फ्रेन्च भाषामा ‘म शिक्षक हुँ’ भनेर लेखिएका प्लेकार्ड बोकेका थिए भने मानिसहरुले नारा-जुलुस गरेका थिए । आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै  गएको शुक्रवार अतिवादी समूहका एकजना चेचेन युवाले शिक्षक पटीको शिरछेदन गरेर हत्या गरेका थिए ।

सो घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी नदिइएको बिबिसीले बताएको छ । घटनालगत्तै पक्राउ भएको ती सन्दिग्ध व्यक्तिहरु चारजना नजिकका आफन्तसमेत भएको जानकारी पाएको छ ।