सांसद महेन्द्र राय यादवद्वारा नागरिक विधेयकको विरोध

2 years ago

सांसद महेन्द्र राय यादवद्वारा नागरिक विधेयकको विरोध

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद महेन्द्र राय यादवले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको कडा विरोध गर्नुभएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा यादवले सत्तारुढ नेकपाले नागरिकताका विषयमा विगतमा भएको सहमति उल्लङ्घन गरी गलत संस्कार स्थापित गर्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले २०६२/६३ को दोस्रो जनान्दोलनपछि तत्कालीन प्रमुख राजनीतिक दलबीच नागरिकताका सम्बन्धमा भएको सहमतिअनुसार नै नागरिकताको प्रावधान कायम राख्न आग्रह गर्नुभयो । 

उहाँले सरकारले तराई– मधेशका नागकिरलाई अन्याय गर्न खोजेको र वैवाहिक सम्बन्धलाई समेत खलल पार्न खोजेको आरोप लगाउनुभयो ।

२०६३ सालमा भएको सहमति अनुसार ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने प्रवाधान राखिएपनि अहिले सरकारले सहमति उल्लंघन गरेर मधेशसँगको सम्बन्ध तोड्न खोजेको राजापा सांसद यादवले बताउनुभयो ।