सांसदको विरोध बाबजुत सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल

2 years ago

सांसदको विरोध बाबजुत सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल

प्रतिपक्षी दलका सांसदको विरोधका बाबजुत सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल अघि बढेको छ ।

मंगलबार बसेको बैठक सुरुहुने बितिकै प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले नाराबाजी गर्दै रोस्टम घेराउ गरेका थिए । रोस्टम घेराउन गरे पनि सभामुख अर्जुनबहादुर थापाले बजेटमाथि धारणा राख्न नेकपाका सांसद हर्कबहादुर कुँवरलाई समय दिए । बजेटमाथि धारणा राख्दै कुँवरले बजेट उत्कृष्ट रहेको बताएका थिए ।

बैठकमा सभामुखतर्फ पिठ्युँ फर्काएर सदनको अपमान गरेको भन्दै सत्तारुढ दलका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारीले नियमापत्ति जनाउनुभएको थियो ।

बजेट सन्तुलित नभएको, सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरेर भ्रष्टाचार मौलाएको भन्दै प्रतिपक्षी दलले नियमित प्रदेश सभा बैठक अवरोध गर्दै आइरहेको छ । मंगलबार कुँवरले धारणा राखेपछि अर्काे बैठक बुधबार बिहान ८ बजे बोलाइएको छ ।