सुशान्त आत्महत्या प्रकरणमा रिया चक्रवर्ती पक्राउ

2 years ago

सुशान्त आत्महत्या प्रकरणमा रिया चक्रवर्ती पक्राउ

बलिउड नायक सुशान्त सिंहको आत्महत्या प्रकरणकी आरोपी नायिका रिया चक्रवर्तीलाई पक्राउ गर्ने तयारी गरेको छ। उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने उनको  वकिल  शतिश मनेसिन्धेले  जानकारी दिएका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरोले मुम्बईस्थित निवासमै भेटेको र थप बयानका लागि उनलाई उपस्थित हुन जानकारी गराएको  एएनआई समाचार एजेन्सीले जनाएको छ । अहिले सुशान्त आत्महत्या प्रकरणले नयाँ मोड लिइरहँदा रिया चक्रवर्तीमाथि विभिन्न किसिमबाट  अनुसन्धान भइरहेको छ भने रियाले आफू निर्दोष रहेको दाबी गर्दै आएकी छिन् ।