सवारी चालकहरुको अनुगमनलाई तीव्रता

2 years ago

सवारी चालकहरुको अनुगमनलाई तीव्रता

कोरोना भाइरस संक्रमण दिन प्रतिदन बढ्दै गइरहेको अवस्थामा जिल्ला ट्राफिक कार्यालय धनुषाले सवारी चालकहरुको अनुगमनलाई तीव्रता दिएको छ ।

सोमबार जनकपुरधामको प्रत्येक चोकमा गुडिरहेको सवारी साधनलाई रोकी चालकले मास्क लगाएको वा नलगाएको अनुगमन गरेको हो । जिल्ला ट्राफिक कार्यालय धनुषाले मास्क नभएको र गाउँ घर बाट कामले जनकपुर आएका गरीब, विपन्नहरुलाई निशुल्क मास्क वितरण पनि गरेको छ ।

दिन प्रतिदिन धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएकोमा ,आफुहरुले संक्रमण रोक्न सवारी चालकलाई अनिवार्य मास्क लगाएर मात्र सवारी चलाउन आग्रह गरेको जिल्ला ट्राफिक कार्यालय धनुषाले जनाएको छ ।  मास्क नभएका लाई निशुल्क मास्क वितरण गरेको जिल्ला ट्राफिक कार्यालय धनुषा स्टेशन एरियाका ट्राफिक प्रहरी नायव निरिक्षक मनोज चौधरीले बताउनुभयो ।

भारतीय सिमा क्षेत्रसंग धनुषाका गाउँहरु जोडिएको हुनाले, जनकपुरधाममा चोरबाटो हुँदा नेपाल छिर्नेहरुको संख्या उच्च रहेकोले, कोरोना संक्रमणको खतरा पनि उच्च रेहेको छ । ट्राफिक प्रहरी कार्यलय धनुषाले जनकपुरधाममा मात्रै नभई धनुषाका गाँउगाउँ बाट आवत जावत गर्नै प्रमुख बाटोहरुमा पनि निगरानी बढाएको  चौधरीले जानकारी दिनुभयो ।