सुरक्षा निकायलाई उच्च शतर्कता रहन निर्देशन

2 years ago

सुरक्षा निकायलाई उच्च शतर्कता रहन निर्देशन

गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरोको जोखिमअनुसार तयारी बढाउन र सुरक्षा निकायलाई उच्च शतर्कता रहन निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठकले केहि दिन भारी बर्षा हुने र बाढी पहिरोको उच्चजोखिम देखिएको भन्दै  उच्च शतर्कता रहन निर्देशन दिनुभएको हो । यो बर्ष जेष्ठदेखि नै बर्षा भइरहेकाले मध्यबर्षाले ठूलै संकट आउन सक्ने आकंलन प्राधिकरणले गरेको छ ।

गृहमन्त्री थापाले जनताको जिउ धनको सुरक्षा गर्न चुनौती खडा भएको सम्पूर्ण तयारीका साथ बस्नुपर्ने पनि धारणा राख्नुभयो । केन्द्रको कार्यसमिति लगाएत सम्बन्ध सवै संस्था र बिभागहरु २४ घण्टा नै सतर्क बस्नुपर्ने भन्दै उहाले घटना घट्नासाथ तुरुन्तै परिचालन हुनुपर्ने र यसका लागि स्थानीय तहमा रहेका संरचना पनि निर्माण भएको जानकारी दिनुभयो ।

बैठकमा प्राधिकरणका प्रतिनिधिहरुले बर्षाले पार्न सक्ने जोखिमका बारेमा जानकारी गराएका थिए । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि आकस्मिक रुपमा प्राधिकरणको बैठक बसेको हो ।