सरकारले दमन गरेको भन्दै माइतिघरमा विरोध

2 years ago

सरकारले दमन गरेको भन्दै माइतिघरमा विरोध

सरकारले खोकना र बुंगमतीमा निर्माणधिन फास्ट ट्रयाकसहित अन्य परियोजनाको विरोधमा उत्रदा सरकारले दमन गरेको भन्दै नेकपा(क्रान्तिकारी)माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

फास्ट ट्रयाकलाई खोकना बाहिर केन्द्रित गर्नुपर्ने माग गर्दै उनीहरुले खोकनामा भएको प्रहरी हस्तक्षेपको विरोध गरेका थिए । धेरै परियोजना एकै स्थानमा ल्याएर किसानलाई विस्थापित गर्न नहुने उनीहरको भनाई छ । यसअघि परियोजना स्थलमा किसानहरुले रोपाई गर्दा प्रहरीले हस्तक्षेप गर्दा झपड भएको थियो ।

खोकना र बुंगमती हुँदै काठमाडौं तराई द्रुतमागैसँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ,  नयाँ स्याटालाइट शहर, बाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ । तर फास्ट ट्रयाकका कारण खोकनाको कुदेश र सिकाली मन्दिरमा असर पर्ने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।