सामसङको नोट २० र नोट २० अल्ट्रा नेपाली बजारमा

2 years ago

सामसङको नोट २० र नोट २० अल्ट्रा नेपाली बजारमा

सामसङले हालै ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोनहरु नेपाली बजारमा ल्याएका छन   ।

सामसङ ग्यालेक्सी नोट २० सिरिज मोबाईलमा अरु मोबाईलमा भन्दा काम गर्ना सजिलो र थप गेमहरु रहेका र कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् । ग्यालेक्सी नोट २० अल्ट्रा र ग्यालेक्सी नोट २० फोन नोट  मन पराउर्नेहरुलाई  लक्षित गरी निर्माण गरिएको हो ।

यसले  पारखीहरुको पावर एण्ड प्रोडक्टीभिटिको आवश्यकतालाई मध्यनजर गरी बजारमा ल्याएको हो । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने कम्पनीको दाबी छ। सामसङद्वारा प्रिबुक गर्ने ग्राहकहरुलाई ग्यालेक्सी बड प्लस निःशुल्क प्रदान गरिएको थियो ।

साथै ग्यालेक्सी वाच ३ तथा सामसंग एलईडी टिभी आकर्षक छुट प्रदान गरिएको थियो । यसका अतिरिक्त प्रि अडर गर्ने ग्राहकरुले विभिन्न क्षेत्रहरुमा आकर्षक छुट तथा उपहार पनि प्राप्त गरेका थिए ।