स्पेनिस ला लिगा अन्तिम खेलमा बार्सिलोनाको सानदार जित

2 years ago

स्पेनिस ला लिगा अन्तिम खेलमा बार्सिलोनाको सानदार जित

आइतबार राति भएको स्पेनिस ला लिगा अन्तर्गत लिगको अन्तिम खेलमा बार्सिलोनाले अलाभेसमाथि जित हासिँल गरेको छ। अलाभेसको मैदानमा भएको खेलमा बार्सिलोनाकाले अलाभेसमाथि ५-० को गरेका छन्।

कप्तान लिओनेल मेस्सीले २ गोल गरेपछि बार्सिलोनाले जित हात पारेको हो। अन्य गोल अन्सु फाती, नेल्सन सेमेडो र लुइस सुआरेजले गरेको थियो। पहिलो हाफमा नै ३-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो। खेलको २४ औं मिनेटमा  गोल गर्दै पाहुना टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले कप्तान मेस्सीको पासमा गोल गरेका हुन्।

त्यस्तै खेलको  ३४ औं मिनेटमा मेस्सी रिकुइ पुइगको पासमा गोल गर्दै  खेल दोब्बर भएको हो। पहिलो हाफ सकिन एक मिनेट बाँकी हुदाँ सुआरेजले गोल गरिएको थियो। उनले जोर्डी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा  एक गोल सेमेडोले गरे। उनले खेलको ५७ औं मिनेटमा पुइगको पासमा गोल गर्दै ४-० को अग्रता दिलाए। खेलको ७५ औं मिनेटमा मेस्सीले अल्भाको पासमा  दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ५-० को पारे। त्यसपछि दुबै टोलिबाट कुनै  गोल हुन नसक्दा खेल बार्सिलोनाले ५-० गोलले जितेको हो।