सन् २०२२ मा सेनेगेलमा आयोजना हुने भनिएको युथ ओलम्पिक खेल २०२६ मा सारियो

2 years ago

सन् २०२२ मा सेनेगेलमा आयोजना हुने भनिएको युथ ओलम्पिक खेल २०२६ मा सारियो

सन् २०२२ मा सेनेगेलमा आयोजना हुने भनिएको युथ ओलम्पिक खेल  अब सन् २०२६ मा हुने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी  आईओसी र सेनेगलले युथ ओलम्पिक खेल २०२६ मा सार्न सहमत गरिएको छ  ।

अहिले विश्वभर कोरोना महामारीको कारण   खेलकुद गतिविधि प्रभावित भइरहेको बेला २०२० मा हुने युथ ओलम्पिक पनि २०२६ मा मात्र हुने भएको छ । खेल  सरेपछि आयोजक आईओसी र नेशनल ओलम्पिक कमिटीहरुलाई खेलको लागि अझै राम्रो तयारी गर्ने अवसर मिलेको छ।

सन् २०१८ मा आईओसीले सेनेगलमा २०२२ मा डाकार युथ ओलम्पिक गर्ने निर्णय गरेको थियो। खेल सरेपछि  धेरै युवा खेलाडीहरुलाई भने असर गर्ने छ । युथ ओलम्पिक गेम्समा संसार भरका १४ देखि १८ वर्ष सम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।