संक्षिप्त स्थलगत् अध्ययन प्रतिवेदन सार्वजनिक

2 years ago

संक्षिप्त स्थलगत् अध्ययन प्रतिवेदन सार्वजनिक

दलित गैरसरकारी संस्था महासंघले जाजरकोट र रुकुमपश्चिमको सोतिगाउँ घट्ना र रुपन्देही देवदह अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरणको संक्षिप्त स्थलगत् अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार काठमााडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदमा नेपालको ईतिहासमा नै जातिय विभेद तथा छुवाछुतको कारण यति ठूलो नरसंहार भएको यो पहिलो घटना भएको जनाईएको छ ।

गत जेठ १० गते जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नं–४ रानागाउँका नवराज बि.क. र रुकुमपश्चिम, चौरजहारी नगरपालिका वडा –८, सुष्मा मल्लको बीच भएको प्रेम–सम्बन्धलाई विवाहमा परिणत गर्न जादाँ ६ जनाको विभत्स तरिकाले हत्या गरिएको ‘यो घटना जातिय विभेद तथा छुवाछुतको जरियाबाट शुरु भई जातीय नरसंहार नै भएको’ स्थलगत अध्ययन टोलीको ठहर छ । कार्यक्रममा महासंघको महाँसचिव समेत रहेका अध्ययन टोलीका संयोजक जेबी विश्वकर्माले जातीय विभेदकै कारण सोती घट्ना भएको बताए ।

उनले यो घट्नाका दोषीलाई सर्वश्व जन्मकैदको सजाय हुनुपर्ने माग गर्नुभयो । उहाँले घट्नाको जड जातीय विभेद नै भएको भन्दै पीडित परिवारलाई न्याय दिन सरकारसमक्ष माग गर्नुभयो । टोलीले जेठ २६ गतदेखि जेठ ३२ गतेसम्म स्थलगत् अध्ययन गरेको थियो ।