साउदी दूतावास अगाडी नेपालीहरुको प्रदर्शन

2 years ago

साउदी दूतावास अगाडी नेपालीहरुको प्रदर्शन

कोरोना भाइरसको रोकथाम सरकारले जारी गरेको निषेधाज्ञा करिब ५ महिना पूरा हुन लाग्दा स्वदेश तथा विदेशमा रहेका धेरै नेपालीहरुको रोजगारी  गुमेको छ ।

अहिले विश्वको अर्थतन्त नै तहसनहस भईरहेको बेला सरकारले दीर्घकालीन योजना नल्याउदा नेपालमा रहेको नेपाली मात्र नभर्इ विदेशमा रहेका नेपाली समेत आक्रोशित बनेका छन् । सरकारको कार्यशैलीको गुनासो गर्दै साउदी अरबमा रहेका नेपालीले सरकारको विरोध गर्दै विरोध प्रदर्शन  गरेका छन् ।

रोजगारीको सिलसिलामा साउदी अरेविया पुगेर  अलपत्र परेका नेपालीहरुले सरकार विरुद्ध विदेशी भूमिबाट नै विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेको  छ ।

साउदी अरबमा रहेको नेपाली दूतावासले आफुहरुको पीडा सरकारले नबुझेको भन्दै दूतावास खारेजको  माग गरेका छन् ।

यो समस्या साउदी अरबको मात्र नभई नेपाल बाहिरा रहेका सम्पुर्ण  नेपालीहरुको हो । अहिले विदेशमा रोजगारी गुमेरा विदेशमा चरम अभाव भोगेर बस्न बध्य भएका छन ।