विश्वकै सर्वाधिक कमाउनेको शीर्ष स्थानमा मेसी

2 years ago

विश्वकै सर्वाधिक कमाउनेको शीर्ष स्थानमा मेसी

बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडीको शीर्ष स्थानमा परेको छ  ।

सन् २०२० मा  फोर्ब्सले सार्वजनिक गरेको तालिका अनुसार मेसी सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको  शीर्ष  स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ ।

मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछन्। मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन् ।

यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका देखाईएको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।