लकडाउन भएसँगै पेरिस छाड्नेको संख्या बढ्यो

2 years ago

लकडाउन भएसँगै पेरिस छाड्नेको संख्या बढ्यो

लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले बताएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको छ । फ्रान्समा पछिल्लो दिनयता कोरोना सङ्क्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएको छ ।

त्यहाँ हिजोमात्रै साढे ४७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । दोस्रो चरणको लकडाउन लागू भएसँगै फ्रान्सका स्थानीयहरुले आवश्यक नपरि घरबाहिर निस्कन पाउने छैनन् ।