राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरियो

2 years ago

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरियो

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । बुधबार घिमिरेको निवास कपुरधारा पुगी उहाँले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नु भएको हो ।

त्यस्तै सभामुख अग्नी सापकोटा, कांग्रेस सभापति शेर बहादुर देउवा , विभिन्न दलका नेता , साहित्यकार, सर्वसाधारण लगाएतले राष्ट्रकवि प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।मंगलबार निवासमा नै निधन हुनु भएका घिमिरेको पार्थिक शरिर श्रद्धाञ्जलीका लागि बुधबार बिहान निवासमा राखिएको थियो ।