रियामाथि मिडियाको दुर्व्यवहार

2 years ago

रियामाथि मिडियाको दुर्व्यवहार

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि भारतीय मिडियहरुमा विभिन्न किसिमका समाचारहरु आउन थालेको छ ।

अहिले मिडिया र प्रहरीको निशानामा उनकी प्रेमिका रिया चक्रवर्ती परेकी छिन् ।आइतबार आफ्नो बयानका लागि एनसीबीको अफिस पुगेकी रियालाई मिडियाकर्मीले सामाजिक दुरीको ख्यालै नगरी  मिडियाका क्यामेराले रियालाई घेरेका थिए । अहिले बलिउडमा  नायक सुशान्त सिंह राजपुतको निधनपछि उनको निधनले विभिन्न किसिमको मोड लिइरहेको छ ।

अहिले उनको मृत्युको आशंकामा  विभिन्न व्यक्तिहरुमाथि छानविन गरिरहेको छ  ।