रातो मछिन्द्रनाथलाई असार २४ गते रथमा विराजमान गराइने

2 years ago

रातो मछिन्द्रनाथलाई असार २४ गते रथमा विराजमान गराइने

रातो मछिन्द्रनाथलाई असार २४ गते रथमा विराजमान गराइने भएको छ ।

असार २४ गते अब तस्बहास्मा पूर्व दिशामा फर्काएर राखिएको मछिन्द्रनाथलाई पुल्चोकमा बनाइएको रथमा पूर्व फर्काएर बिराजमान गराइने भएको हो । हाललाई रथ यात्राको साइतमात्रै सार्वजनिक गरिएको छ ।

रथमा बिराजमान गराइसकेपछि रथयात्रा कहिले र कसरी गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा जात्रा गर्दा धेरै भीड हुने सम्भावनालाई मध्यनजर गर्दै विभिन्न विकल्पमा छलफल भइरहेको छ।   

स्थानीयले पनि सतर्कता अपनाएर जात्रा संचालन गर्न सक्ने बताएका छन् । रथयात्रा हुने समयमा मानिसहरुलाई बाहिर निस्कन नदिने र घरबाटै दर्शन गर्ने व्यवस्था मिलाउन सकिने सुझाव उनीहरुले दिएका छन् । रथ निर्माणमा सहभागी सुर्यमान डंगोलले कोरोनका कारण रथयात्रा प्रभावित भएको भन्दै ढिलागरि रथ निर्माण गरिएको बताउनुभयो ।

धेरै समय जात्रा रोकिएपछि गत असार १० गतेबाट भने रथ निर्माण कार्य सुरु गरिएको थियो । रथयात्रासँग सम्बन्धित गुठी र सरोकारवालाहरुको बैठकले रथ निर्माण गरी जात्रा सम्पन्न गर्ने निर्णय गरेको हो ।