रुकुम घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टीको प्रदर्शन 

2 years ago

रुकुम घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टीको प्रदर्शन 

अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै सो पार्टीले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा समाजवादीका तमुवान, किरात, शेर्पा, ताम्सालिङ खसान थरुहट लगाएतका बर्गिय संगठनको सहभागीता थियो ।

उनीहरुले रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै केहिबेर धर्ना समेत दिएका थिए । त्यस्तै जघन्य अपराधलाई राजनीतिक आडमा ढाकछोप गर्न नहुने भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए ।

गत जेष्ठ १० गते साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिकको मृत्यु भएको थियोे । घटनाको अनुसन्धान गर्न सरकारले पनि छानविन समिति बनाएको छ ।