योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन

2 years ago

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन हुनुभएको छ । गत साता सत्तारुढ दलको नेतृत्वमा विजयी हुनुभएका सुगालाई जापानको संसदले आज प्रधानमन्त्री निर्वाचित गरेको छ ।

प्रधानमन्त्री सिन्जो आबेले दुई साता अघि पदबाट राजिनामा गर्नुभएपछि उहाँको उत्तराधिकारीको रुपमा सुगा सत्तारुढ दलको तर्फबाट बाँकी रहेको कार्यकाल पुरा गर्नुहुनेछ ।

बुधबार साँझ आफ्नो अन्तिम मन्त्रीपरिषद्को बैठक बसेपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियामा आठ वर्षे कार्यकाल निकै उपलब्धीमूलक भएको र आफू गर्विलो अनुभूति गरेको बताउनुभएको थियो ।

जापानको तल्लो सदनमा सत्तारुढ दल कन्जरभेटिभ लिबेरल डेमोक्रयाटिक पार्टीको बहुमत छ । बीबीसीका अनुसार इम्पेरियल पैलेसमा आयोजना हुने एक समारोहका बीच सुगाले सवैंधानिक रुपमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुहुनेछ ।