युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै स्पेनको शानदार जित

2 years ago

युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै स्पेनको शानदार जित

यूईएफए नेसन्स लिग अन्तर्गतको दोस्रो चरणको खेलमा स्पेनले युक्रेनमाथि  शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदनमा भएको खेलमा स्पेनलाई सहज जित दिलाउन कप्तान सर्जियो रामोसले दुई गोल गरे । त्यस्तै युवा खेलाडी अन्सु फाती  र फेरान टोरेसले एक–एक गोल गरेको थियो।

खेलको पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप एक गोल गरिएको थियो । खेलको तेस्रो मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको २९ औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई अग्रत स्थान दिलाए ।

फाती हाल स्पेनिस राष्ट्रिय टोलीका लिगाका  सबै भन्दा सानो उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । १७ वर्षिय फाती हाल स्पेनिस ला लिगा क्लब बार्सिलोनाका लागि पनि उत्कृष्ट खेलाडीको रुपमा परिचित भएका छन्। जितसँगै  स्पेनले दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ ।