मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाइरहेका छन् 

2 years ago

मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाइरहेका छन् 

अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन मुस्लिम समुदायले  विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

यो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । यस वर्ष कोरोना महामारीका कारण घण्टाघरस्थित जामे मस्जिदमा नवाज पढ्ने व्यवस्था भने गरिएको थिएन् ।

मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि  घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल–फित्र मनाउँन आग्रह गरिएको छ ।

यस पर्वको अबसरमा सरकारले सोमबार सार्वजनिक विदा दिएको छ ।