मार्सेलीलाई लगातार दोस्रो जित

2 years ago

मार्सेलीलाई लगातार दोस्रो जित

फ्रेन्च लिग वानमा  मार्सेलीले  लगातार दोस्रो जित हात परेको छ ।

निकै प्रतिस्पर्धा र तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमा मार्सेलीसँग १-० ले पराजित भएको हो । खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डिमिट्री पायेटको पासमा  गोल गर्दै  निर्णयक गोल बनेको थियो।

कोरोना संक्रमणमुक्त भएका ब्राजिली स्टार नेयमार र एन्जल डि मारियालाई उतारेपनि टोलीले जित हात पार्न सकेन ।  पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १- ० ले नै पराजित भएको थियो । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन  पीएसजीले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ ।

यो हारले पीएजसीले लिग वानको सुरुवाती दुई खेलमा अंक जोड्न नसक्दा मार्सेली लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।