म्यानमारमा अलपत्र परेका २६ जना नेपालीको उद्धार

2 years ago

म्यानमारमा अलपत्र परेका २६ जना नेपालीको उद्धार

सरकारले विदेशबाट नेपाली नागरिक उद्धार गर्ने कार्य सुरु गरेपछि म्यानमारमा अलपत्र परेका २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका छन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका हुन् । शुण्क्रबार बिहान उनीहरुलाई म्यानमारबाट म्यानमार एयर फोर्सको विमानले काठमाडौंसम्म ल्याइदिएको हो ।

म्यानमारबाट फर्किएकामध्ये वाग्मती प्रदेशका १७ जना, गण्डकी र प्रदेश एकका ४/४ जना र प्रदेशका ५ का एक जना रहेकाछन् । उनीहरुलाई बसुन्धरास्थि यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ । विमानस्थलमा उनीहरुको स्वास्थ्य जाँच गरेर सेनाले होल्डिङ सेन्टरसम्म गाडीमा ल्याएको थियो ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस म्यानेजमेन्टर सेन्टरको संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिने जनाइएको छ ।