मेटामोर्फिक मेनिफेस्टोमा आयुष्मान बने तेश्रो लिङ्गी

2 years ago

मेटामोर्फिक मेनिफेस्टोमा आयुष्मान बने तेश्रो लिङ्गी

नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिनलाई एक सिरिजमा आफ्नो गेटअप नै परिवर्तन गरेका छन् ।

आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी तेश्रो लिङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि न्यूड दृश्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

आयुष्मानले यो श्रृङ्खला आफ्ना लागि विशेष भएको  र उनले यस श्रृङ्खलालाई कहिले पनि कामको रुपमा नलिएको पनि उल्लेख गरेका छन् ।

यो पुरुष वा महिलाको नभएर, एक मानिसको संघर्षको कथा भएको आयुष्मानले बताएका छन् ।  यो सिरिजमा नायक आशिरमान देशराज जोशीलाई पनि देख्न सकिन्छ ।