भिल्लारियललाई हराउँदै ला लिगा फुटबल खेलमा रियल म्याड्रिडको जित

2 years ago

भिल्लारियललाई हराउँदै ला लिगा फुटबल खेलमा रियल म्याड्रिडको जित

स्पेनिस क्लब रियल म्याड्रिडले सिजन २०१९-२० अन्तर्गत स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति  भएको लिगको ३७औं खेलमा भिल्लारियललाई २ -१ गोलअन्तरले हराउँदै रियलले जित आफनो पोल्टोमा  पारेको हो ।

दोस्रो घरेलु मैदानमा भएको महत्त्वपूर्ण खेलमा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेले २ गोल गरे। योसँगै रियलले ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको हो।खेलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।