भारतको सरकारले पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाईयो

2 years ago

भारतको सरकारले पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाईयो

भारतको सरकारले चीनको  पब्जीसहित एक सय १८ ओटा  मोबाइल एप्समा प्रतिबन्ध लगाएको छ।

भारतको सार्वभौमिकता र अखण्डता, देशको रक्षा र सार्वजनिक सुव्यवस्थाबिरूद्धको गतिविधिमा संलग्न रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरूको हितको रक्षा गर्नेछ।

यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने उदेश्य लिएको छ। भारतीय सरकारले ती एप्सको बारेमा विभिन्न स्रोतहरूबाट गुनासो आएको बताएको छ।

जसमा एन्ड्रोइड र आईओएसमा उपलब्ध केही मोबाइल एप्स प्रयोगकर्ताहरूको डाटा अनधिकृत रूपमा चोरी गरेर भारत बाहिरका सर्भरहरूमा पठाइएको थियो।

भारतले यसअघि जुनमा सुरक्षाको कारण देखाउँदै टिकटक,यूसी ब्राउजर,वी च्याट लगायत ५९ वटा मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको थियो ।