भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

2 years ago

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना पुष्टि भएका मुखर्जीको उपचारका क्रममा निधन भएको हो ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराष्ट्रपति मुखर्जी केही साताअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । गत अगस्त १० मा उनले ट्विटमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको घोषणा गरेका थिए ।