भारतको कृषि विधेयकविरुद्ध शुक्रबार चक्काजाम

2 years ago

भारतको कृषि विधेयकविरुद्ध शुक्रबार चक्काजाम

भारतमा कृषि विधेयकविरुद्ध शुक्रबार किसान संगठनले चक्काजाम गरेका छन् । सरकारले भारतको कृषि  विधेयकलाई किसानको आय बढ्ने र बजार  उत्पादनका लागि खुल्ने जानकारी दिएको छ ।

किसान संगठनले  कृषि क्षेत्रलाई व्यापारीको हातमा सुम्पिने कोसिस गरेको बताएको छ । सबैभन्दा व्यापक प्रदर्शन पंजाब र हरियाणामा भइरहेको छ । किसान संगठनका अनुसार शुक्रबार  देशभर  विधेयकविरुद्ध प्रदर्शन हुनेछ ।

पश्चिमी उत्तर प्रदेशका सबै जिल्लामा शुक्रबार बिहान १० बजेदेखि बेलुका चार बजेसम्म चक्का जाम गरिने  बिकेयूसँग सम्बन्धित किसान नेता धर्मेन्द्र सिंहले  जानकारी गराएका छन ।  भारतका १२ किसान संगठनले चक्का जाम गरेको हो।