भियनाका ६ स्थानमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु

2 years ago

भियनाका ६ स्थानमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु

अष्ट्रियाको राजधानी भियनाका ६ स्थानमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा दुई जनाको मृत्यु भएको छ र १४ जना घाइते भएको प्रहरीले जनकारी दिएको छ । अष्ट्रियाका गृहमन्त्री कार्ल नेहमाका अनुसार प्रहरी कारबाहीमा एक जना आक्रमणकारी पनि मारिएका छन् ।

अन्य आक्रमणकारीको खोजी भइरहेको छ । यहुदी उपासना ठाउँ नजिक आक्रमण भएको हो । भियनाका मेयरका अनुसार गोली लागेर एक जनाको घटनास्थलमै र अर्की एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

घाइते भएका १४ जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस घाइतेमध्ये एक जना प्रहरी पनि छन् ।