बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइकालाई कोरोना संक्रमण पुष्टि

2 years ago

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइकालाई कोरोना संक्रमण पुष्टि

बलिउड नायक अर्जुन कपुर र  नायिका मलाइका अरोरालाई  कोरोना संक्रमण पुष्टी भएको छ ।

नायक अर्जुन कपुर कोरोना पोजिटिभ देखिएपछि होम क्वारेन्टाइनमा बसेको पनि बताएका छन् ।मलाइका र अर्जुन केही बर्षदेखि प्रेम सम्बन्धमा रहेका छन् । रियालिटी शो ‘इन्डियाज बेष्ट डान्सर’का निर्माता रंजित शर्माले भारतीय मिडियासँग कुरा गर्दै मलाइकालाई कोरोना पुष्टी भएको बताएका छन् । उनले, मलाइकालाई कोरोना देखिएपछि बुधबारसम्मलाई शोको छायांकन रोकेका पनि बताएका छन् ।

उक्त शोको मेकरले अब अन्य २ निर्णायकलाई राखेर शोको छायांकन गर्ने तयारी गरेको छ ।