बौद्धमा युवाहरुको प्रदर्शन

2 years ago

बौद्धमा युवाहरुको प्रदर्शन

केही दिनदेखि स्वतन्त्र रुपमा सरकारको कार्यशैली विरुद्ध प्रर्दशनमा उत्रेका युवाहरुले आइतबार बौद्धनाथ अगाडि धर्ना दिएका छन् ।

युवाहरुले सरकारको कोरोना नियन्त्रणको कामप्रति प्रश्न उठाउँदै युवाहरुले शतप्रतिशत पिसीआर परीक्षण गर्न माग गरेका छन् । हालै जारी भएको नेपालको चुच्चे नक्सालाई पनि उनीहरुले स्वागत गरेका छन् । भारतीय सञ्चार माध्यमहरुले गलत प्रचार गरेको प्रति युवाहरुले विरोध जनाएका छन् ।

पछिल्ला दिनमा युवाहरुले स्वतःस्फूर्त रुपमा सरकारले गरेका कमजोरी सच्याउन माग गर्दै प्रर्दशन गरिरहेका छन् ।