बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिइने

2 years ago

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिइने

बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिइने भएको छ । बंगलादेश सरकारले कानून संशोधन गर्दै बलात्कारीलाई फाँसी दिने घोषणा गरेको हो । बलात्कारका घटना लगातार बढ्दै जान थालेपछि बंगलादेश सरकारले कानून संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो ।

बंगलादेशका कानूनमन्त्री अनिसुल हकले राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलवारबाट कानून लागू हुने बताएका छन् ।

केही दिन अघि मात्र बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो । प्रदर्शनकारीले बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए ।