फेसबुकले ल्यायो ‘इन्स्टाग्राम लाइट’

2 years ago

फेसबुकले ल्यायो ‘इन्स्टाग्राम लाइट’

अब इन्स्टाग्राम चलाउन महंगो स्मार्टफोन र हाई स्पिड इन्टरनेट नचाहिने भएको छ । फेसबुकले इन्स्टाग्रामको लाइट भर्सन सार्वजनिक गरेपछि इन्स्टाग्राम चलाउन महंगो स्मार्टफोन र हाई स्पिड इन्टरनेट नचाहिने भएको हो ।

इन्स्टाग्रामको लाइट भर्सन जम्मा दुई एमबी मात्र रहेको र कम स्पिडको इन्टरनेटमा चलाउन सकिने फेसबुकले जनाएको छ।

हाल इन्स्टाग्राम लाइट एन्ड्रोइड स्मार्टफोनमा मात्रै सार्वजनिक गरिएको छ । लाइट भर्सन ल्याटिन अमेरिका,एसिया, अफ्रिका सहितका १७० देशमा सार्वजनिक गरिएको छ । फेसबुकले यस अघि नै फेसबुक लाइट ल्याइसकेको छ ।

इन्स्टाग्राम लाइटमा प्रमुख भर्सनमा रहेका करिब सबै मुख्य फिचरर्स चलाउन सकिने छ । छिट्टै आईओएसमा पनि इन्स्टाग्राम लाइट ल्याइने फेसबुकले जनाएको छ ।